
चन्द्रागिरि नगरपालिका वडा नं. ४ र ५ को मतगणना जारी रहँदा प्रमुखमा नेपाली कांग्रेस घनश्याम गिरि र उप प्रमुखमा नेकपा एमाले बसन्ती श्रेष्ठको अग्रता कायम राखेका छन् । चन्द्रागिरि नगरपालिका वडा नं. ४ मा मेयरमा नेपाली काँग्रेसले ५८६ तथा मेयरमा नेकपा एमालेका उत्तम बहादुर राउतले ३४९ मत पाएको छ ।
पछिल्लो विवरण अनुसार गनिएको १ हजार मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ वडाध्यक्षमा ५५२ मत सहित नेपाली काँग्रेसका कृष्ण प्रसाद खड्गीले अग्रता लिएको छ भने नेकपा एमालेका लेमन श्रेष्ठ ले ३४३ तथा राप्रपा का पूर्ण श्रेष्ठले ४९ मत पाएका छन् । यस वडामा २७३८ मत खसेको छ।