
चन्द्रागिरि नगरपालिकाको मेयरमा पुनः घनश्याम गिरिले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसले गिरिलाई नगर प्रमुखमा पुन दोहोर्याउने निर्णय गरेकोे हो ।
गिरिले यसअघिको निर्वाचनमा पनि नेकपा एमालेका प्रल्हाद बहादुर कार्की लाई २८८८ मतले पराजित गरी नगर प्रमुख बनेका थिए । २०७४ सालको निर्वाचनमा गिरिले १३ हजार ३०९ मत प्राप्त गरेका थिए भने कार्कीले १० हजार ४२१ मत ल्याएका थिए ।
यसै गरि चन्द्रागिरि नगरपालिकामा नेपाली कांग्रेसको उपमेयर पदमा यमुना श्रेष्ठ उम्मेदवारी दर्ता गराएका छन् ।