चन्द्रागिरि-५ दुरसञ्चारमा विद्युतको पोल गाड्न खनिएको खल्डोभित्र एक युवा मृत अवस्थामा फेला

child death in chandragiri

चन्द्रागिरि ।

चन्द्रागिरि नगरपालिका-५ दुरसञ्चारस्थित मुल सडक छेउमा एक युवा मृत फेला परेका छन् ।

प्रहरीका वृत्त थानकोटका अनुसार चन्द्रागिरि नगरपालिका-५ डेरा गरी बस्ने मकवानपुर घर भएका २२ वर्षीय सुरेश लामा मृत फेला परेका हुन् ।

लामा सडक छेउमा विद्युतको पोल गाड्न खनिएको खल्डोभित्र शुक्रबार बिहान मृत अवस्थामा फेला परेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

लामा वैदेशिक रोजगारीका लागि जाने तयारीमा रहेको समेत बुझिएको छ ।