
काठमाडाैं । साझा यातायातले चन्द्रागिरि नगरपालिकामा विद्युतीय बस सञ्चालन संगै चार्जइंग स्टेशन पनि स्थापना का लागि आवश्यक तयारी अघि बढाएको छ। यस अघि चन्द्रागिरि नगरपालिकामा पेट्रोलियम पदार्थ बाट चल्दै आएको बस साझाले विद्युतीय परिणत गर्न लागेको हो ।
साझा यातायातले २०७८ असार मसान्त देखि चन्द्रागिरिमा बस सञ्चालन ल्याउदै आएको छ । साझा यातायातले नागढुङ्गा – बुढानिलकण्ठ र थाननकोट – एयरपोर्ट रुट सञ्चालनमा ल्याइरहेको छ ।
साझाले चीनको सिएचटिसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० बस खरिदका लागि सम्झौता गरेको थियो। सो सम्झौतामा कम्पनीसँग बस र त्यसलाई आवश्यक चार्जर खरिद गर्ने र पाँच वर्षसम्म मर्मत गर्ने उल्लेख रहेको छ।
हाल नागढुङ्गा – बुढानिलकण्ठ र थाननकोट – एयरपोर्ट बस सञ्चालनमा ल्याइरहेको सझाकाे भनाइ छ ।
नागढुङ्गा – बुढानिलकण्ठ
- नागढुङ्गा
- थानकोट – चेकपोष्ट – टेलिकम
- सतुङ्गल – नैकाप – ढुङ्गेअड्डा –
- कंलकी – सितापाईला – स्वयम्भु
- बनस्थली – बालाजु – नंया बसपार्क
- सामाखुसी – नारायणगोपाल चोक – गंगालाल अस्पताल
- न्यूरो अस्पताल – गोल्फुटार – देउवा चोक
- बुढानिलकण्ठ
थानकोट –त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्ट
- थानकोट
- त्रिभुवन पार्क – अयल निगम – टेलिकम
- चेक पोष्ट – सतुँगल – गुर्जुधारा
- नैकाप – कलँकी – टेकु
- त्रिपुरेश्वर – रत्नपार्क – सिंहदरबार
- माईतीघर – बानेश्वर
- तिनकुने – सिनामंगल
- त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्ट
साझाको विद्युतीय बसमा के के छन् सुविधा ?
अन्तराष्ट्रिय टेन्डर मार्फत चिनियाँ कम्पनी सीएचटीसीएचओसँग खरिद गरिएको विद्युतीय बसमा एक चालक सिट तथा शारिरिक अशक्तहरुका लागि १ सिट सहित कुल २६ सिट क्षमता रहेको छ ।
बसमा यात्रुका लागि आनन्ददायी सिट, उभिएर यात्रा गर्न ह्यान्डल बार, टिभी, वाइफाई, सीसीटीभी, डस्टबिन, इमर्जेन्सी एक्जिट र बस रोक्न विशेष बटनको सुविधा पनि छ ।
यस्तै एबीएस, प्यासेन्जर अनाउन्समेन्ट सिस्टम, डीभीआर प्लेयर र जीपीएस ट्र्याकिङ डिभाइस लगायतका विशेषता पनि छन् । जीपीएस ट्र्याकिङ डिभाइसले चालकलाई मद्दत गर्ने पनि अपेक्षा गरिएको साझा यातायातले जनाएको छ ।
बसमा १६१.२८ किलोवाटको ब्याट्री प्रयोग गरिएको छ । जसले ४५ किलोवाटको चार्जरमा पाँच घण्टा चार्ज गर्दा २०० किलोमिटर गुड्न सक्छ । सिटी बसको डिजाइनमा बनेको यो बस सेमी फ्लो बस हो । जुन वृद्ध, अशक्त, र बालबालिकाहरुको लागि उपयोगी मानिन्छन् ।
यी बसहरुको मुख्य प्रवेशद्धार फराकिलो रहेको छ । यो बस ह्वील चेयर फ्रेन्डली छ र बसमा रहेको र्याम्पलाई तल झारेपछि सजिलै ह्वील चेयलाई गुडाउँदै माथि बसभित्र लैजान सकिन्छ । बसमा ह्वील चेयर राखेर बस्न मिल्ने छुट्टै विशेष व्यवस्था रहेको छ । ह्वील चेयर नभउको खण्डमा फोल्ड गर्नमिल्ने दुईवटा सिट झारेर बस्न समेत सकिन्छ । अहिले ९ मिटर लामो बस किनिएको हो ।