काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिने भएको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको संयुक्त बैठकले भोलि(शुक्रवार) राति १२ बजेदेखि सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
काठमाडौं उपत्यका कोरोनाको हटस्पट बनेपछि प्रशानसले कडाइ गरेको हो ।
कोरोना सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले स्माट लकडाउनको कार्यविधिअनुसार सार्वजनिक र निजी सवारी साधनहरूमा जोर बिजोर लागू गरिएको जनाइएको छ । यससँगै जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन हुनेछन् ।