
चन्द्रागिरि।
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) को अध्यक्षतामा ‘एक बसपार्क नीति कार्यान्वयन’ लागु हुदाँ चन्द्रागिरि नगरपालिकामा ट्राफिक व्यवस्थापन सकस देखिएको छ ।
काठमाडौंका मेयर बालेन्द्र शाहको र महानगरका ट्राफिकको उपस्थितिमा भएका निर्णयहरु असार ०१ गते बाट लागु हुने गरि महानगरपालिकाले यात्रुवाहक सवारी साधन बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने सूचना प्रकाशित गरेको थियो ।
निर्णय अनुसार काठमाडौँ महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधन नयाँ बसपार्क गोङ्गबुबाट मात्र छुट्नुपर्ने व्यवस्था उल्लेखित गरेको छ ।
निर्णय कार्यान्वयन भए संगै धुलिखेल, बनेपा, साँखु सम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका सवारी साधनहरूको हकमा कलङ्कीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको छ ।
काठमाडौँ भित्रिने र बाहिरिने मुख्य नाका कलङ्की हो । दैनिक करिब ७ सय संख्यामा सवारी साधन(बस) प्रवेश गर्छन् । यही संख्यामा चन्द्रागिरिको मुख्य नाका हुदै नागढुंगाबाट बाहिरिन्छन् ।
निर्णय कार्यान्वयन हुदाँ कलङ्कीमा जसअनुसार लामो दूरीका सवारीसाधन (बस) ले नयाँ बसपार्कबाहेक यात्रु ओराल्न र चढाउन नपाउंदा सवारीसाधन बसहरुको पिक एन्ड ड्रप चन्द्रागिरि नगरपालिका हब बन्न पुगेको छ ।
यसै सर्वसाधारणहरु सवारीसाधन चढ्न बसपार्क पुग्नै पर्ने बाध्यतालाइ तोट्दै सर्वसाधारणहरु चन्द्रागिरि नगरपालिकाको ढुङ्गेअड्डाको ओरालो, नैकापको पेट्रोल पम, सतुंगलको विष्णुदेवी पुल बस चढ्ने मुख्य रोजाई भएको छ।
सवारीसाधन (बस) को जथाभावी पिक एन्ड ड्रपले गर्दा सवारीसाधन जाम मात्र नभई दुर्घटना पनि बढेको छ।
यसै चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरिले यस सन्दर्भमा कुनै चासो दिएको पाइन्दैन। यी विषयहरु सार्वजनिक सरोकारका विषय हुन् । चन्द्रागिरि नगरपालिका यो महत्त्वपूर्ण विषयमा गम्भीर र जिम्मेवार लिनु पर्दछ । चन्द्रागिरि नगरपालिकाले काठमाडौं महानगरपालिकासंग यस बिषयमा छलफल गर्नु पर्ने देखिएको छ ।