
एसियाली खेलकुद (एसियाड) को करातेको प्रारम्भिक प्रशिक्षणका लागि ४८ खेलाडी छनोट भएका छन् । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीमा आइतबार सम्पन्न छनोटमा महिला र पुरुषतर्फ समान ६ गरि १२ तौल समूहमा खेलाडी छनोट भएका हुन् । हरेक समूहमा सेमिफाइनल पुग्ने खेलाडी छनोट भएका छन् ।
चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँ को नहरिपुर कराँते डोजो बाट ५ जना खेलाडी छनाैट भएका हुन् । श्रद्धा थापा, अमृत थोकर, शोनिम मानन्धर, प्रविण मानन्धर, र नानु शाक्य छनाैट भएका हुन् ।
महिला ६८ केजी मुनि एपीएफकी श्रद्दा थापा छनौट भएकी छिन् ।
पुरुष ६७ केजीमा अमृत थोकर छनौट भएका छन् ।
पुरुष एकल काताबाट एपीएफका शोनिम मानन्धर र पुलिसका प्रविन मानन्धर छनौट भएका छन् ।
महिला ५० केजीमा नानु शाक्य छनौट भइन् ।
नेपाल कराते महासंघले आयोजना गरेको छनोटमा ७ प्रदेश र ३ विभागका १ सय २५ खेलाडीको सहभागिता थियो । १९ औं एसियाड चीनको हान्जाउमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुनेछ ।