नागढुंगा सुरुङ मार्गको पूर्वीद्वार नजिकै जमिन भासिएर ठुलाठुला भ्वाङहरू पर्न थाले

नौबिसे – नागढुङ्गा निस्कने निर्माणाधीन सुरुङ मार्गको पूर्वीद्वार नजिकै जमिन भासिएर ठाउँ ठाउँमा ठुलाठुला भ्वाङहरू पर्न थालेको छ ।
चन्द्रागिरि न. पा . १ दहचोक सुरुङ्ग मार्ग प्रबेशद्वार वाट करिव १०० मि . माथि पन्चकन्या ईन्द्रदह सडक खण्डमा सुरुङ्गमार्ग निर्माण क्रममा लगभग ७.५ मि गहिराई र १.५ मि गोलाई सहितको आकारमा जमिन भासिएको चन्द्रागिरि १ का वडाध्यक्ष हरिश्याम रानामगरले जानकारी दिए ।
यसै तत्काल उक्त सडक वाट सवारी साधन आवत जावत का लागि सडक अवरुद्ध भएको जानकारी गराए।
साथै सम्वन्धित सरोकार निकाय नागढुङ्गा सुरुङ्ग मार्ग निर्माण आयोजना कार्यलय , निर्माण कम्पनी हाज्मा ,सडक विभाग कार्यलय ,स्थानीय सरकार , स्थानीय वासिन्दा भेला भई स्थलगत भौगर्विक सर्वे गरि क्षति न्युनिकरण गराई भविष्यमा हुन सक्ने असर लाई समेत ध्यान दिनु पर्ने रानामगरले बताए।

तस्बिरःहरिश्याम रानामगर, कृष्ण केसी