रोशन दानी  १४ भदाै , काठमाणडाै । अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गा–नौबिसे अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको छ ।

त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक आज विहान ५ वजेर ३० मिनेटमा पहिरो आएर बाटोमा खस्दा सो सडकखण्ड अवरुद्ध भएको थियो ।

सडक पहिरोले अवरुद्ध सडक ६ घण्टा सम्म अवरुद्ध सडक दुईवटा स्काईभेटरको साहेताले सडकको माटो र ढुङगा बाटो मुनी फ्याक्ने काम पछि सडक सञ्चालनमा आएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाणले बताए।

चन्द्रागिरि २ चिसापानीमा पहिरो झरेपछि राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारी साधन लाइनमा बस्नु परेको थियो । पहिरोमा परेपछी पुर्वमा थानकोट र पश्चिममा खानीखोला सम्म सवारी साधन रोकिएका थिए ।

पहिरो पन्छाउनका लागि प्रहरीको टोली घटनास्थलसम्म विहानै पुगेर सवारी आगमन गराउने प्रयास गरेको थियो ।

सोही पहिरोका कारण हिजो आईतवार पनि थप समस्या खडा गराएको हो ।

सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोला नजिकै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमाथिबाट पहिरो खस्दा पटकपटक राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन्।

तस्विरहरू हेर्नुहाेस