सतुंगलमा ट्रकमा स्कुटर ठोक्किँदा चेकपोष्ट बस्दै आएका केसीको मृत्यु

चन्द्रागिरि ।

चन्द्रागिरि नगरपालिका वडा नं. ११ सतुंगलस्थित सिप्रदीमा ट्रकमा स्कुटर  ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

थानकोट चेकपोष्ट बस्दै आएका स्कुटर चालक स्थायी ठेगाना बागलुङका अन्दाजी  २३ वर्षीय किरण केसीको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा महाँकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गए राति करिब १२ बजे सडकछेउमा रोकिराखेको ना७ख ५७१२ नम्बरको ट्रकमा नागढुंगाबाट थानकोटतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१०प ३२१७ नम्बरको स्कुटर ठोक्किएको थियो ।

दुर्घटनामा संलग्न दुवै सवारी साधनसहित ट्रक चालकलाई प्रहरी प्रभाग बलम्बुले नियन्त्रणमा लिएको प्रहरी जानकारी गराए।