थानकोटमा १५ शैय्याको आधारभूत अस्पताल निर्माण गर्न सरकारले २३ रोपनी जग्गा दिने

फागुन ४ गते बसेको मन्त्रीपरिषद्को बैठकले चन्द्रागिरे नगरपालिका-०४ थानकोटमा १५ शैय्याको आधारभूत
अस्पताल निर्माण गर्न स्वीकृति दिएको छ ।

शुक्रवार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले काठमाडौं जिल्ला साविक थानकोट गाविस वडा नम्बर २ काके २३-०-०-० रोपनी सरकारी जग्गा चन्द्रागिरी नगरपालिकालाई १५ शैय्याको आधारभुत अस्पताल निर्माण गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिनु भयो ।

thankot hospital