
चन्द्रागिरि।
चन्द्रागिरि नगरपालिका वडा नं. ७ थानकोट चेकपोष्टमा गत शनिबार दिउँसो अन्दाजी ३:३० बजे ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी मोटरसाइक सवार महिलाको मृत्यु भएको छ ।
सोही दिन ना.५ ख ५३२२ नम्बरको ट्रकले प्र ३-०२-००१ प ८८२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ गल्छीका ३७ बर्षिय गोविन्द अधिकारीको मृत्यु भएको थियो ।
मोटरसाइकलमा सवार अधिकारीकी श्रीमती जानुका अर्याल गम्भीर घाइते भएका थिए। सोमबार बिहान उनको उपचारको क्रममा न्यूरो अस्पताल बाँसबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु भएका दुबै जना शिक्षक हुन्। मृतक दम्पतीका ९ वर्षीया छोरी र ५ वर्षीय छोरा छन्।
प्रहरी अनुसार दम्पती काठमाडौंमा शिक्षक सेवा आयोग पदपूर्तिको लागि प्राथमिक तहको परीक्षा सकेर मोटरसाइकलमा घर फर्किँदै गर्दा दुर्घटना भएको बाताए ।
साथै दम्पतीको शव काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ भने मंगलबार पोष्टमार्टम सकेर परिवारलाई बुझाउने तयारी रहेको प्रहरी वृत्त थानकोटकाले बाताए ।
दुर्घटनामा संलग्न ट्रक तथा सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
तस्बिर: सामाजिक सञ्जाल।