
चन्द्रागिरि नगरपालिकाको मेयरमा उत्तम बहादुर राउतले उम्मेदवारी दिएका छन् । नेकपा एमालेले पुर्व चन्द्रागिरि १५ का वडा अध्यक्ष उत्तम बहादुर राउतलाई नगर प्रमुखमा उम्मेदवार निर्णय गरेकोे हो ।
राउतले यसअघिको निर्वाचनमा नेपाली कांग्रेसका घनश्याम लुँइटेललाई ४४२ मतले पराजित गरी च.न.पा १५ वडा अध्यक्ष बनेका थिए । २०७४ सालको निर्वाचनमा राउतले १ हजार ३९५ मत प्राप्त गरेका थिए भने लुँइटेलले ९ सय ५३ मत ल्याएका थिए ।
यसै गरि चन्द्रागिरि नगरपालिकामा नेकपा एमालेको उपमेयर पदमा बसन्ती श्रेष्ठ उम्मेदवारी दर्ता गराएका छन् ।