चन्द्रागिरि ११ वडाध्यक्षमा कांग्रेस ३६७ र एमाले १८५

चन्द्रागिरि नगरपालिका वडा नं  १० र ११  को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ वडाध्यक्षमा ३६७ मत सहित नेपाली कांग्रेसका नरेन्द्र राज श्रेष्ठले अग्रता लिएको छ भने नेकपा एमालेका पूर्ण गोपाल श्रेष्ठले १८५ मत पाएका छन् ।

यस चन्द्रागिरि ११ मा मेयर पदमा नेपाली काँग्रेसले ३२७ तथा नेकपा एमालेले २१३ मत प्राप्त गरेको छन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. ११ मा १२४८ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखी ७ तथा ९ को मतगणना सकी सकेको छ ।