चन्द्रागिरि नगरपालिका १४ नयाँ नैकापमा आफ्नै कोठाभित्र एक महिला मृत फेला

4557
child death in chandragiri

चन्द्रागिरि।

चन्द्रागिरि नगरपालिका १४ नयाँ नैकापमा एक महिला मृत फेला परेकी छन्।

चन्द्रागिरि नगरपालिका १४ नयाँ नैकापस्थित एक घरमा आज बिहानै महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले बताए ।

उनका अनुसार महिला बन्द कोठाभित्र मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार मृतक ३९ वर्षीया प्रफुला मानन्धर श्रेष्ठ हुन् । उनी घरको दोस्रो तलामा रहेको कोठाको भुइँमा लडिरहेको अवस्थामा मृत फेला परेकी छन् ।

शव पोस्टमर्टको लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।