चन्द्रागिरि नगरपालिकाले कोभिड-१९ लक्षण देखिएका व्यक्तिहरुको Antigen परीक्षण गरिने

चन्द्रागिरि नगरपालिकाले Antigen परीक्षण गरिने सार्वजनिक सुचना जारि गरेक छ।

चन्द्रागिरि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल द्वारा जारि गरिएको उक्त सुचनामा कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि च.न.पा नगरपालिकाद्वारा निम्नानुसारको समय तालिका अनुसार Antigen परीक्षण गरिने भएकोले कोभिड-१९ को लक्षण देखिएका एवं कोभिड संक्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरुले Antigen परीक्षण गर्नुहुन जानकारी गराएको छ।

Antigen परीक्षणको समय तालिका
मिति : प्रत्येक हप्ताको सोमवार र शुक्रवार
समय : बिहान ५.०० बजेदेखि ९.३० बजेसम्म
स्थान : चन्द्रागिरि नगरपालिकाको कार्यालय प्राङ्गण
बलम्वु, काठमाडौं ।