
चन्द्रागिरि, दुर्लभ बन्यजन्तुको छाला तथा खपटा सहित एक जना पक्राउ परेका छन् । बलम्बु प्रहरी प्रभागले आईतवार गोदावरी नगरपालिका वडा नं ८ का शानु भन्ने सुकराज नगरकोटिलाई पक्राउ गरेको हो ।
विभिन्न जनावरको छाला, खपटा र टाउकोको हड्डी सहित नगरकोटी पक्राउ परेको हो । नगरकोटीले आफनै घरबाट सालकको खपटा, बाघ, मृग र स्यालको छालाको अवैध कारोवार गर्ने गरेको पाईएको बलम्वु प्रहरी प्रभागका प्रहरी निरिक्षक शर्मिला गुरुङले बताईन् ।
पक्राउ परेका नगरकोटीलाई थप अनुसन्धानको लागि महानगरिय प्रहरी वृत्त थानकोट पठाईएको छ ।