यौनधन्दा संचालकसहित चार जना प्रहरी नियन्त्रणमा

चन्द्रागिरि, यौनधन्दा व्यवसाय गर्दै आएका एक पुरुष र तीन महिलासहित चार जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

प्र.नि. शर्मिला गुरुङको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा च.न.पा. १५ को ढुङ्गेअड्डास्थित भिमराज मिश्रको डेराकोठामा यौनधन्दा व्यवसाय गर्दै आएका चार जनालाई नियन्त्रणामा लिएको हो ।

पक्राउ पर्नेमा ४१ वर्षीय भिमराज मिश्र, ३८ वर्षी उषा मल्ल, १८ वर्षीय रमिला मगर र २१ वर्षीय अनिषा गोपाली रहेका छन् । उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरिय प्रहरी बृत्त थानकोट पठाइएको प्र. नि. गुरुङले जानकारी दिईन् ।