अन्तर–माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

482

बालश्रम विरुद्धको विश्व दिवस २०१९ को अवसरमा थानकोट, काठमाडौँमास्थित श्री मंगलोदय माध्यमिक विद्यालयको (मा.वि) प्राङ्गणमा अन्तर–माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सुसम्पन्न भएको छ । चन्द्रागिरी नगरपालिका (च.न.पा.) को कार्यालयसँगको समन्वयमा र च.न.पा.वडा नं. ३ का बाल अधिकार समितिको नेतृत्वमा उक्त कार्यक्रमको आयोजना भएको होे । अन्तर–माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिताको निम्ति श्री कृष्ण मा.वि, श्री भीम मा.वि, श्री चण्डिका मा.वि, श्री प्रभात मा.वि, श्री चुनदेवी मा.वि र श्री मंगलोदय मा.वि गरी जम्मा ६ वटा विद्यालयहरुसँग सहकार्य गरिएको थियो । वल्र्ड भिजन ईन्टरनेशनल नेपाल (व.भि.ई.ने) तथा बाल विकास समाज (बा.वि.स) को साझेदारीमा संचालित ईट्टा उद्योगमा रहेका बालबालिकाको उत्थानशील विकास परियोजना ९द्यच्ष्ऋप्प्० द्वारा कार्यक्रममा सहयोग भएको थियो ।

हाजिरीजवाफ प्रतियोगितामा हरेक विद्यालयबाट ४ जना गरी जम्मा २४ जना विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरुलाई हाजिरीजवाफको प्रश्न गरी प्रतियोगितामा सहजिकरण बाल अधिकार समितिका सदस्य नर हरि रिजालले गरेका थिए । उक्त प्रतियोगितामा श्री प्रभात मा.वि.ले प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने दोस्रो र तेस्रो स्थान श्री कृष्ण मा.वि र श्री भिम मा.वि ले हासिल गरेका थिए । सोही प्रतियोगितामा विजयी भएका विद्यालयका विद्यार्थीहरु तथा सहभागीहरुलाई हौसला प्रदानको निम्ति शैक्षिक सामग्रीहरु जस्तैः शब्दकोश, कापी, कलम, मसी, केल्कुलेटर, जियोमेट्री बाकस, स्केल, कटर, इरेजर, कलर, सिसा कलम आदि पुरस्कारको रुपमा, बाल अधिकार समितिका संयोजक र सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरुद्वारा वितरण गरिएको थियो । साथै सान्त्वना पुरस्कार चौथो स्थान हासिल गर्न सफल श्री चुनदेवी मा.वि का सहभागीहरुलाई वितरण गरिएको थियो भने अन्य विद्यालयका विद्यार्थी सहभागीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको थियो ।

बा.वि.स.का फिल्ड अधिकृत समीर श्रेष्ठद्वारा अन्तर–माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रमका लागि विनियोजित गरिएको रकम र गुनासो तथा सुझाब सम्बन्धी बा.वि.स. र व.भि.ई.ने को टोलफ्रल नम्बरको बारेमा जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा च.न.पा वडा नं. ३ का बालअधिकार समितिका संयोजक र अन्य सदस्यहरु, सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि एवं प्रतियोगीहरु, च.न.पा. का सञ्चारकर्मी, बा.वि.स का बालसंरक्षण अधिकृत प्रकाश सुनुवार, फिल्ड अधिकृत ज्योती नगरकोटी र विशेषगरी श्री मंगलोदय मा.वि का प्रधानाध्यापक तथा सम्पूर्ण शिक्षक, शिक्षिका र विद्यार्थीहरु लगायतको सहभागिता रहेको कार्यक्रमका सञ्चालक प्रकाश महर्जनले बताए ।
अझै पनि यस्ता कार्यक्रमहरु आगामी दिनहरुमा पनि निरन्तर रुपमा हुनु पर्छ र यसरी नै विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने कुरा उल्लेख गर्दै संस्थाका लागि सुझाव समेत दिएका थिए ।