कक्षा १० का विद्यार्थीलाई दुई थरी सर्टिफिकेट

चन्द्रागिरि ।



jibss

कक्षा १० का ४६ हजार विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयको एउटा र राष्ट्रिय परीक्षा नियन्त्रण बोर्डको गरि एकैसाथ दुईओटा सर्टिफिकेट प्राप्त गर्ने भएका छन् ।

२०७२ को अन्तिम परीक्षा एसईईमा विद्यार्थीहरुले दुई वा सो भन्दा बढि विषयमा ग्रेड वृद्धिको लागि परीक्षा दिएपश्चात उनीहरुसँग परीक्षा नियन्त्रण कार्यालयबाट जारी भएको एसएलसी र राष्ट्रिय परीक्षा बोर्डबाट जारी एसईई परीक्षाको सर्टिफिकेट हुने भएको छ ।