कक्षा १० को अभ्यास परीक्षाको तालिका सार्वजनिक

कक्षा १० को अभ्यास परीक्षाको तालिका सार्वजनिक गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) ले आगामी माघ ११ गते बिहीबारदेखि सञ्चालन हुने गरी तालिका सार्वजनिक गरेको हो ।

परीक्षा माघ ११ देखि १९ गतेसम्म सञ्चालन हुनेछ । माघ ११ गते अंग्रेजी र १२ गते नेपालीको परीक्षा हुनेछ । त्यस्तै, माघ १४ गते अनिवार्य गणित, १५ गते विज्ञान, १६ गले सामाजिक विज्ञान, १७ गते स्वास्थ्य जनसंखया तथा वातावरण शिक्षा, १८ गते ऐच्छिक प्रथम, र १९ गते ऐच्छिक द्वितीयको परीक्षा हुनेछ ।

परीक्षामा सहभागी हुन विद्यालयले पुस २५ गतेभित्र विद्यार्थीको कुल संख्या, ऐच्छिक प्रथम र ऐच्छिक द्वितीय र परीक्षाको समयसमेत स्पष्ट पारी प्याब्सन जिल्ला कार्यालयमा बुझाउनुपर्ने जारी सूचनामा उल्लेख छ ।