
कक्षा १० मा अध्ययनरत मनिषा रिजाललार्इ उनको घर नजिकै ९४ वर्ष अघि नै रोप वे चल्थ्यो भन्दा पत्यार लागेको थिएन् तर सोमबार विद्यालय प्राङ्गणमा त्यही रोप वे को तस्वीर देख्दा उनी चकिन परिन् । हुन् पनि वि.संं १९८२ सालमा हेटाैंडाबाट मातातीर्थसम्म रोप वेले ल्याएको सामान त्यहाँबाट काठमाण्डाैका गन्तव्यसम्म पुग्थे । पछि रोप वेको स्टेशन टेकुसम्म पुग्यो । फोटो म्युजियम नेपालले अायोजना गरेको पुरानो नेपालः लघु फोटो प्रदर्शनी अन्तर्गत सोमबार चन्द्रागिरि ०८ मातातीर्थस्थित जन विकास माध्यमिक विद्यालयमा अायोजना गरेको कार्यक्रममा विद्यालयका ५ सय भन्दा बढि विद्यार्थीहरू, विद्यालयका शिक्षक शिक्षिकाहरूको उपस्थिति रहेको थियो । अायोजक संस्थाकी महिमा गाैतमका अनुसार नेपालका १२० वटा विभिन्न क्षेत्रका पुराना तस्वीरहरू प्रदर्शनी गरिएको थियो ।
