
चन्द्रागिरि. चन्द्रागिरि नगरपालिका नैकापमा रहेको ब्राइट फ्युचर स्कुलको संयोजनमा मित्र राष्ट्र कोरियाको ब्राइट थेंगी थेजिंग टेक्नोलोजीको सहयोगमा टेक्नोलोजी अध्ययनको निम्ति सहयोग उदेस्यले संचालित ब्राइट खेंगी थेजिंग टेक्नो एकेडेमीको उद्घाटन भएको छ।
उक्त कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली रहेका थिए भने बिशेष अतिथिको रुपमा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरि, मित्र राष्ट्र कोरियाका खेंगी थेजिंग टेक्नो पार्कका अध्यक्ष लीम योंग मुन ,खेंगी थेजिंग टेक्नो पार्कका निर्देशक जंग सांग ध्वा , किम छांग ध्युन ,किम सारंग .हे जांग आ , चन्द्रागिरी नगरपालिका का सल्लाहकार सुमन श्रेष्ठ ब्राइट फ्युचर स्कुलका प्रिन्सिपल दयाराम थापा लगायत अन्य बिदेशी पाउना सहित बिध्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो
। कार्यक्रमको सभाध्यक्षता ब्राइट खेंगी थेजिंग टेक्नोलोजी मोहन कार्कीले गरेका थिए उक्त कार्यक्रममा कोरियाको खेंगी थेजिंग टेक्नो एकेडेमी र ब्राइट फ्युचर स्कूल बीच समझदारी पत्रमा हस्ताक्षर गर्ने काम पनि सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बोल्दै कोरियाका खेंगी थेजिंग टेक्नो पार्क का अध्यक्ष लिम योंग मुनले आजको युग पर्बिधि र संचारको युग भएको बताउदै नेपालमा सहयोग गर्न पाउदा खुसि भएको बताएका थिए। उनले नेपालको बिकासको लागि केहि योगदान गर्न पाउदा खुसि लागेको बताएका थिए ।
चन्द्रागिरी नगरपालिकामा प्रविधि भित्र्याउने उदेश्य सहित जापान र कोरियाको सहयोगमा उक्त एकेडेमी मार्फत दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्य सहित एकेडेमीको स्थापना भएको चन्द्रागिरी नगरपालिकाका सल्लाहकार सुमन श्रेष्ठले जानकारी दिए।
सोहि कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले कार्यक्रम महत्वपूर्ण रहेको बताउदै कोरिया र जापान बाट ब्राइट खेंगी थेजिंग टेक्नो एकेडेमी मार्फत चन्द्रागिरी नगरपालिकाको प्रबिधिको बिकासको लागि कोशे ढुंगा साबित हुने धारणा राखेका थिए।
उक्त एकेडेमी मार्फत नव युवा नव प्रतिभाहरुको प्रविधिको ज्ञान शिप बिकासको सुरुवात् भएको बताए । उनले नेपालमा लामो समय राजनीतिक अस्थिरताको कारण बिकास हुन नसकेको भन्दै अब सबै देशको बिकास र सम्वृद्धिमा अगाडी बढ्नुपर्ने बताए उनले ५ वर्ष भित्रमा देशलाई अल्प बिकशित मुलुक बाट विकाशील मुलुकको रुपमा पुर्याउने लक्ष्य रहेको बताए।
सोहि कार्यक्रममा बोल्दै चन्द्रा गिरि नगरपालिका का प्रमुख घनश्याम गिरीले आयोजकलाइ धन्यबाद दिंदै उक्त कार्यक्रमले चन्द्रागिरी नगरपालिकाको गौरब बढाएको बताए। उनले यस्ता कार्यक्रमलाइ साथ् र सहयोग दिन नगरपालिका तयार रहेको बताएका थिए।
उनले सो अवसरमा नगरपालिकाले कोरियाको टेक्नो पार्क निर्माण सम्झौता कार्य अन्तिम चरणमा पुगिसकेको जानकारी गराए ।नपाल सरकार र चन्द्रागिरी नगरपालिका कोरियाको खेंजी थेजिंग टेक्नो पार्कले अरबौ रुपैयाको सस्था स्थापना गर्न लागिरहेको बताएका थिए ।
उनले नेपाल सरकारको सहयोग प्राप्त भएको खण्डमा चन्द्रागिरी नगरपालिकामा प्रबिधियुक्त बिशेष प्रकारको उद्योग स्थापना हुने जसले तालिम दिने जानकारी गराएका थिए।
त्यो कार्यक्रम सफल भएमा नगरबासीलाई तालिम शिप ,अन्य किसिमको रोजगार र उत्पादनमुलक कार्यक्रमको महत्वपूर्ण भूमिका निर्वाह गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उत्पादित बस्तुलाई निर्यात गर्न सक्ने बातावरणमा नगरपालिका पुग्ने अपेक्षा गरेका थिए।
फोटो :- कपन अनलाइन