
चन्द्रागिरि ।
चिकित्सकहरुका अनुसार मुत्रथैली सानो हुनाले वा पेल्भिक मांसपेशी कमजोर हुनाले बारम्बार पिसाब आइरहन्छ । नियमित अभ्यासको मद्धतले यस्तो समस्याहरु नियन्त्रण गर्न सकिन्छ ।
यसैगरि चिकित्सकका अनुसार धेरै मानिसहरुमा केही गम्भिर स्वास्थ समस्याका कारणले पनि बारम्बार पिसाब लाग्ने गर्छ ।
यस्ता छन् बारम्बार पिसाब लागिरहनुका ६ कारण
क्यान्सर
प्रोस्टेट क्यान्सर वा युरिनरी ट्याक्टमा क्यान्सरको समस्या हुनाले पनि बारम्बार पिसाब आइरहन्छ ।
कमजोर पेल्भिक मासंपेशी
केही मानिसहरुको पेल्भिक मसल्स बलियो हुँदैन् यसमो उनीहरु मुत्रमार्गलाई पुरै तरिकाले बन्द गर्न सक्दैनन् जसकारण बारम्बार पिसाब आइरहने र पिसाबमा नियन्त्रण नहुने समस्या हुन सक्छ ।
सानो मुत्रथैली
केही मानिसहरुको मुत्रथैली सानो हुन्छ । यसकारण थैली चाँडै भरिन्छ र बारम्बार पिसाब आइरहन्छ ।
मृगौलाको समस्या
मृगौलामा समस्या वा पत्थरीको समस्या भएमा पनि मुत्रथैलीमा एक्स्ट्रा दवाव पर्छ । यस्तोमा बारम्बार पिसाब गर्न मन लागिरहन्छ ।
डायबिटिज
रगतमा सुगर लेभल बढेमा पनि शरिरले एक्स्ट्रा ग्लुकोजलाई पिसाबको माध्यमबाट बाहिर निकाल्छ । यसैले डायबिटिज भएमा पनि बारम्बार बाथरुम जान पर्छ ।
पिसाबमा संक्रमण
युरीनरी ट्याक्ट इन्फेक्सन को समस्या भएमा पनि गुप्ताङ्गमा चिलाँउछ र बारम्बार पिसाब फेर्न मन लाग्छ । पिसाब नियन्त्रण गर्न पनि मुस्किल हुन्छ ।
एजेन्सी ।