भोलिको देशब्यापी शैक्षिक हड्ताल यथावत,यस्तो छ तयारी

काठमाडौं,फागुन १९ – नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले फागुन २० गतेको देशब्यापी आम शैक्षिक हड्ताल यथावत नै रहेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष लाल बहादुर तमाङले रिसेन्ट नेपालसँग कुरा गर्दै देशब्यापी आम शैक्षिक हड्ताल फिर्ता नहुने बताए ।

राष्ट्रिय सम्मेलन प्रभावित पार्ने गरि राज्यले गिरफ्तार गरेको सबै नेता कार्यकताको रिहाइ भएमा भने शैक्षिक हड्ताल फिर्ता हुने तर त्यो सम्भावना भने नरहेको उनको भनाई थियो । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले यस अघि पनि पटक पटक आफ्नो विभिन्न माग राख्दै गरेको शैक्षिक हडताल त्यति प्रभावकारी भएको थिएन् ।

शैक्षिक हडताल उल्लंख गरे पछि उनिहरुको निशानामा परिने डरले स्कुल कलेजहरुका सञ्चालकले स्कुल कजेज खोल्ने आँट नगर्दा शैक्षिक हडताल सफल हुँदै आएको छ । शैक्षिक हडतालले गर्दा परीक्षा नजिकै आएका विद्यार्थी मारमा परेका छन् । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले शैक्षिक हडताल सफल बनाउनका लागि सम्पूर्ण स्कुल, कलेजहरुमा निगरानी राख्ने बताईएको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट सो संगठनले आम विद्यार्थीको राजनैतिक र शैक्षिक सुनिश्चितताको लागि चरणबद्ध रुपमा संघर्षका कार्यक्रम सार्वजनिक गर्दै फागुन २० गते देशब्यापी आम शैक्षिक हडताल तोकेको छ । सरकारले फागुन २७ देखि ३० सम्म राष्ट्रिय सम्मेलनको तयारीमा रहेको क्रान्तिकारीका नेताहरु धमाधम गिरफ्तार गर्न थालेको उनिहरुले आरोप लगाउँदे आएका छन् । राष्ट्रिय सम्मेलन प्रभावित पार्ने गरि राज्यले संगठनका नेता कार्यकर्ता धरपकड गरेको र उक्त्त ब्यवहारले आफुहरुलाई आक्रोशित बनाएको बताएको छ ।

शैक्षिक संस्था बन्द गरेर अाफ्नो अान्दोलनलाई सहयोग गर्न गर्‍यो यस्तो अाग्रह

सरकारले गिरफ्तार नेताहरुको रिहाइको गर्नुको साटो देशभरबाट थप गिरफ्तार गरिरहेको छ । त्यसैले पूर्व घोषित शैक्षिक हड्‍ताल जारी रहेको अखिल क्रान्तिकारीले जनाएको छ । “सामाजिक दलाल सत्ताको तुच्छ हर्कतले उनीहरुको दुहाई दिँदै आएको कथित लोकतन्त्रको मुकुण्डो धुजाधुजा भएको छ ।

गिरफ्तारीको आवरणमा राज्यद्वारा अपहरणमा पर्नु भएका संगठनका महासचिवलगयात सबै कमरेडहरुको विना शर्त यथाशिघ्र रिहाई गर्न जाडदार माग गर्दछौं । आमज विद्यार्थीको राजनीतिक र शैक्षिक अधिकार सुनिश्चितताको लागि संघर्षका कार्यक्रमहरु घोषणा गरिएको छ” अध्यक्ष सिंहले जारी विज्ञप्तिमा उल्लेख छ ।

अखिल क्रान्तिकारीले फागुन १६ गते देशव्यापी विरोध प्रदर्शन, फागुन १७, १८ प्रचारप्रसार, फागुन १९ अन्तरक्रियासहित २० गते आम शैक्षिक हड्ताल घोषणा गरेको थियो । भोलि शैक्षिक संस्था बन्द गरेर अाफ्नो अान्दोलनलाई सहयोग गर्न अखिल क्रान्तिकारीले सबैमा अाग्रह गरेको छ । यसैबीच सुर्खेत र बैतडीबाट तीन तीन जना विद्‍यार्थी नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।
महासचिव दिपेन्द्र लगाउनेलाई काठमाडौंको कमलपोखरीस्थित प्रहरी वृतमा राखिएको छ । चलाउनेमाथि सार्वजनिक मुद्दा लगाएको छ ।

विप्लवसँग डराए कै हुन् त सलमान ? 

विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चेतावनीकै कारण भारतीय नायक सलमान खानको नेपाल यात्रपनि रोकिएको छ । ओडिसी इन्टरनेशनलले फागुन २६ गते आयोजना गर्न लागेको कार्यक्रममा आउने लागेका सलमानको नेपाल भ्रमण स्थगित भएको हो ।

विप्लव निकट अखिल नेपाल जनसांस्कृतिक महासंघले विज्ञप्ति निकालेर कन्सर्ट स्थगित नगरे नराम्रो परिणाम आउने चेतावनीयुक्त विज्ञप्ति निकालेको थियो । महासंघले विज्ञप्ति निकालेपछि भारतीय सञ्चार माध्यमहरुले सलमान खानलाई कन्सर्ट रद्ध गर्न दबाव दिएका थिए ।

द हिन्दुस्तान टाईम्स लगायतका थुप्रै प्रतिष्ठित सञ्चार माध्यमहरुले विज्ञप्तिलाई महत्वका साथ समाचार बनाएका थिए । भारतीय सञ्चार माध्यमहरुले सलमान खानलाई नेपालमा सुरक्षा चुनौती रहेको समेत उल्लेख गरेका थिए । शोका लागि झण्डै ५ हजार टिकट विक्री भइसकेको छ । यदि कार्यक्रमको मिति तय भए त्यही टिकटले हेर्न पाइने व्यवस्था मिलाइनेछ । टिकट फिर्ता गर्न चाहनेले त्यो सुविधा पनि पाउनेछन् ।

सुरक्षा संवेदनशिलताका कारण सलमान नेपाल नआउने मनस्थितिमा पुगेको समाचार स्रोतले जनाएको छ । नेत्रविक्रम चन्द ‘विप्लवे नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ संगठन अखिल नेपाल जनसाँस्कृतिक महासंघले सलमानको कार्यक्रम तत्काल रोक्नु पर्ने, नत्र कार्यक्रमकै कारण आउन सक्ने अप्रिय घटनाको जिम्मेवारी आयोजक आफैले लिनुपर्ने चेतावनीका कारण आयोजक कार्यक्रम स्थगित गर्ने मनस्थितिमा पुगेको जनाइएको छ ।

आयोजक भन्छन्, ‘हल्ला गलत हो’
यता वहुराष्ट्रिय वियर उत्पादक काल्सवर्गको ८० प्रतिशत लगानीमा गोरखा ब्रुअरीको अगुवाइमा सलमानको ‘दवङ्ग’ टुर नेपालमा आयोजना गर्न लागिएको हो । आयोजकले कार्यक्रम रोकिने भन्ने हल्ला गलत भएको जनाउँदै निर्धारित समयमै कार्यक्रम हुने दावी गरेको छ ।

नेपाली कलाकारकै छैन साथ
नेपाली कलाकारहरुको वेवास्ता गर्दै भारतीय कलाकारलाई मात्र बढी प्राथमिकतामा राखिएको भन्दै नेपाली कलाकारहरुले यो कार्यक्रमलाई असहयोग गर्दै आएका छन् । आयोजकले केहि नेपाली कलाकारलाई सलमानसँग नाच्न आग्रह गरे पनि आयोजकको आग्रह नेपाली कलाकारले अस्वीकार गरिसकेका छन् । भारतीय कलाकारलाई मात्र चाहिने भन्दा बढी प्राथमिकता दिइएको र नेपाली कलाकारलाई भने सित्तैमा नचाउने कोशिस गरिएको भन्दै नेपाली नायिकाहरु प्रियंका कार्की, स्वस्तिमा खड्का लगायतका कलाकारले यो कार्यक्रममा सहभागिता नजनाउने जनाइसकेका छन् ।