लिटिल स्टार्स एकेडेमीकी जस्मिना गौतमको एसईई परीक्षामा उच्च अंक

 काठमाडाैं । यस वर्षको एसईई परीक्षामा जस्मिना गौतमले जीपीए ४.० (चार दशमलव शुन्य) ल्याउन सफल भएकि छन् ।
उनले यस वर्षको एसईई परीक्षामा लिटिल स्टार्स एकेडेमीबाट जीपीए ४.० ल्याएकी हुन् ।चन्द्रागिरी नगरपालिका वडा १२ रहेको लिटिल स्टार्स एकेडेमीबाट गौतमले जीपीए ४.० प्राप्त गरेको लिटिल स्टार्स एकेडेमीका प्रधानाध्यापक निर्मल घिमिरेले जानकारी दिनुभयो ।



jibss

उहाले आफ्नो विद्यालयबाट जस्मिनाले उच्च अंक ल्याउनु गौरवको विषय भएको बताए । विद्यालयको २१ अाै ब्याचका जम्मा ३५ जना विद्यार्थी मध्य जी.पी.ए ३.६५ माथि १९ , ३.२५ माथि १२ , ३.१० माथि ४ जनाले ल्याएकोमा क्रियास बस्नेत ३.९०, दिव्या ठाकुर ३.९० र मलिका खरेल ३.८५ हासिल गरेका छन् ।