विद्यार्थी संगठनहरुको ३ दिने शैक्षिक हड्ताल फिर्ता


काठमाडौं । नौ विद्यार्थी संगठनहरुले असार २०, २१ र २२ गर्ने भनेकाे तीनदिने शैक्षिक हड्ताल फिर्ता लिएका छन् ।

शिक्षा मन्त्रालयमा सोमबार अपराह्न साढे चार बजेदेखि सुरु भएको वार्ता राति करिब साढे ११ बजे  हड्ताल फिर्ता लिने सहमति पछि टुंगिएको थियो ।

वार्तामा शिक्षा मन्त्रालयको तर्फबाट सहसचिव सूर्य प्रसाद गौतम, शिक्षा बिभागका महानिर्देशक बाबुराम पौडेल, प्याब्सनका कार्यवाहक अध्यक्ष अध्यक्ष डिके ढुंगाना, एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटालगायत सहभागी थिए ।


Comments

comments