एसईई परीक्षामा उटकृष्ट नतिजा प्राप्त गर्ने छात्र र छात्राहरुलाइ सम्मान

काठमाडौं श्रावण २१ , कामपा वडा न . २१ स्थित बाकुननि पुच, यंगालद्दारा सो क्षेत्रबाट वर्ष ०७३ को माध्यमिक शिक्षा परीक्षा एसईई अर्थात रुपान्तरित एलएलसी परीक्षामा उटकृष्ट नतिजा प्राप्त गर्ने छात्र तथा छात्राहरुलाइ सम्मान गरेको छ । काठमाडौं महानगरपालिका का प्रमुख विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मान कार्यक्रममा एसईई शिक्षा उतिर्ण विधार्थीको भावी शैक्षिक भविष्य थप उज्जवल होस भन्ने अभिप्रेरणा प्रदान गर्नु भएको छ । आज सम्मानीत हुने छात्र तथा छात्राहरु क्रमस सनिस महर्जन ,विवेक महर्जन,रोजन कपाली,सन्देस हर्ष शाक्य,रीतिसा महर्जन,निभेस, राजभण्डारी ,श्रृति अमात्य,श्रृति रंजित रहेका छन । त्यस्तै कार्यक्रमका सहभागी कामपा २१ वडा अध्यक्ष चुडामणी बज्राचार्य, हनुमाढोका दरवार समितिका संयोजक उदय पसः खललगायतका वक्ताले पनि सम्मानीत विधार्थीहरुको उज्जवल भविष्यकालागि शुभकामना आव्यिक्त गर्नु भएको थियो ।