एसईर्ईको नतिजा सार्वजनिक, नतिजा कसरी थाहा पाउने ?

काठमाडौं, २ असार– राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा परिक्षा (एसईई) नतिजा सार्वजनिक गरेको छ । बोर्डले परिक्षामा भाग लिने ४ लाख ६२ हजार विद्यार्थीको परिक्षा नतिजा सार्वजनिक गर्दैछ ।

नतिजा कसरी थाहा पाउने ?

एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिन्छ।