ब्राइत एन्जल्स बोर्डिंग स्कुलको २१ औ अभिभावक दिवस सम्पन्न

चन्द्रागिरि,

चन्द्रागिरि न. पा. वडा न. ७ चेकपोस्ट काठमाडौं मा रहेको ब्राइत एन्जल्स बोर्डिंग स्कुलले आफ्नो २१औं अभिभावक दिवस एबम १३औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ।

उक्त कार्यक्रमको प्रमुख अतिथि घनश्याम गिरि रहेका थिए भने बिशेष अतिथि जनप्रतिनिधि महाबिर खड्का, उमा कुमारी थापा, कान्छी मिजार, सुलोचना परियार, कमला बलामी, महानगरीय प्रहरी बृत थानकोट प्रहरी निरीक्षक महेन्द्र नेपाल लगायत विभिन्न बिद्यालयका प्रिन्सिपल, शिक्षक प्रतिनिधि एबम अभिभावक र बिद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सभाध्यक्षता बिद्यालय संचालक समितिका प्रिन्सिपल गोबिन्द बहादुर थापाले गरेका थिए। कार्यक्रममा थापाले स्वगत मन्तब्य राखेका थिए।

उनले ब्राइत एन्जल्स बोर्डिंग स्कुलले २१औं बसन्त पार गरिरहदा धेरै अनुभव प्रगति र बिश्वास प्राप्त गरेको बताउदै त्यो बिश्वास लाइ कायम गर्दै लामो इतिहास सक्रिय बर्तमान ,चरित्रवान जनशक्ति निर्माणको अभियानमा ब्राइत एन्जल्स बोर्डिंग स्कुल लागेको बताएका थिए।

कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर विविधताको बिचमा एकताको संदेश दिएका थिए ।

उक्त कार्यक्रममा थापाले विद्यालय निरीक्षक माधब मल्ल, कार्यलय सचिब श्रोत केन्द्र मनोज सिग्देल, हरिकृष्ण अर्याललाइ मायाको चिनो प्रदान गरिएको थियो । त्यस्तै गरि बिद्यालयमा कार्यरत शिक्षक शिक्षिका एबम कर्मचारीलाई पनि ब्राइत एन्जल्स बोर्डिंग स्कुल उत्कृष्ठ वर्ष पुरस्कार पर्दान गरिएको थियो । नेपाली मिलान विद्यालय थानकोट सस्थापक किम्जोमले अपाङ्ग तथा सुस्तमनस्थिति भएका यस स्कुललाई लामो समय देखि ५० जना लाइ मौसम अनुसार कपडा, स्टेसनरी समानका साथ दैनिक खाजा उपलब्ध गराउदैं आउनुभएको छ ।