सरस्वतीको उपलक्षयमा कविता वाचन प्रतियोगिता सम्पन्न

चन्द्रागिरी ७ थानकोट, चेकपोष्ट स्थित ब्राइट एन्जेल्स स्कृलले सरास्वती पुजाको पावन अवसरमा विद्यार्थीको अन्तीनिहित कलालाई प्रस्फुटन गराउन कविता लेखन तथा वाचन प्रतियोगिता आयोजना गरेको थियो। साना नानीहुरुलाई अक्षारम्भ गराई ज्ञानको ज्योतितिर पाइला लम्काउँदा उनीह?मा ठुलो मुस्कान छाएको थियो। प्रतिस्पर्धा प्रेस क्लव ब्राईट एन्जेल्सद्धारा आयोजित कविता लेखन तथा वाचन प्रतियोगीतामा १५ जना प्रतिस्पर्धीले आ आफ्नो प्रतिभा देखाएका थिए। यस विद्यालयका प्रधानध्यापक गोविन्द बहादुर थापाको सभापतित्वमा सम्पन्न यस प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना पुरस्कार वितरण गरी विद्यार्थीको हौसला बढाउने काम गरिएको थियो।