होलीगार्डेन स्कूलको ४१ औं स्थापना दिवस भव्य र सभ्य रुपमा मनाईदै ।

काठमाण्डौं
राजधानीको वालाजु स्थित होलीगार्डेन स्कूलको ४१ औं स्थापना दिवसको उपलक्ष्यमा विशेष शैक्षिक प्रदर्शनि कार्यक्रम आयोजना गर्ने भएको छ ।

विद्यालयको ४१ औं स्थापना दिवसको अवसर पारी विशेष शैक्षिक प्रदर्शनि आयोजना गरिन लागेको हो । आषाढ १७ गते विद्यालयमा नै फुड स्टल सहितको प्रदर्शनि गर्ने लागेको आयोजकले वताएको छ । प्रदर्शनिमा विद्यार्थीहरुले निमार्ण गरेको ज्ञान विज्ञान,कला साहित्य सम्वन्धि प्रदर्शन गर्ने छन् । विद्यार्थीहरुले वनाएका उत्कृष्ट प्रदर्शनिलाई पुरस्कृत गर्ने जनाएको छ ।
प्रदर्शनिमा अवलोकन गर्ने आफ्ना अविभावक विद्यार्थी सुभ चिन्तक सवैमा उपस्थितिको लागि सवैमा जानकारी गराएको छ ।