‘पढ्दै कमाउदै’ चन्द्रागिरि वडा नं १२ को बलम्बु प्राविधिक शिक्षालय भवनको शिलान्यास

चन्द्रागिरि नगरपालिका वडा नं १२ मा अवस्थित बलम्बू मा.वि परिसरमा बलम्बू प्राविधिक शिक्षालयको लागि आवस्यक अत्याधुनिक प्रबिधिमैत्री भवनको नगर प्रमुख घनश्याम ज्युले शिलान्यास गर्नु भएको छ।

‘पढ्दै कमाउदै’ भन्ने अबधारणा अनुरुप स्थापना गर्न लागिएको उक्त प्राबिधिक शिक्षालयको भवन निर्माण १ वर्ष भित्र नै सम्पन्न हुनेछ।

अन्तरास्ट्रिय गैर सरकारी संस्था सोड नेपाल मार्फत दक्षिण कोरियाको गैर सरकारी संस्था वर्ल्ड ड्रीमको करिब साढे दुई करोड  रुपैयाँ  ७०% रकम र चन्द्रागिरि नगरपालिकाको  ३०% रकम मा बन्न लागेको हो ।

चन्द्रागिरि नगरपालिका र सोड नेपाल बीच पहिलो चरण को सम्झौता २०८०/०२/१९ मा नगरपालिकाको कार्यालयमा भएको थियो भने सोड नेपाल र वर्ल्ड ड्रीम बीच दोश्रो चरणको सम्झौता हस्ताक्षर सन् २०२३/०६/२९ मा दक्षिण कोरियामा सम्पन्न भएको थियो।

निर्माण पश्चात कक्षा ९ देखि १२ का बिधार्थीका लागि मोबाईल मर्मत, इलेक्ट्रिसियन, ब्युटी पार्लर र अटोमोबाइल मर्मत गरि ४ वटा प्राबिधिक क्षेत्रको अध्यापन गराइने छ।

कार्यक्रममा नगर प्रमुख सहित नगर प्रबक्ता कृष्ण प्रसाद खड्गी, बलम्बू मा बि का प्रधानाध्यापक सुमन राउत, बिधालय ब्यबस्थापन समितिका प्रतिनिधिहरु , सोड नेपालका प्रतिनिधिहरु, वर्ल्ड ड्रीमका प्रतिनिधिहरुका साथै अन्य अतिथिहरुको पनि उपस्थिति रहेको थियो।