
काठमाडौँ — निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति, काठमाडौंले बालटारा प्रतिष्ठान (लिटिल स्टार्स एकेडेमी) लाई ‘शैक्षिक उत्कृष्टता पुरस्कार–२०८१’ प्रदान गरेको छ।
राष्ट्रिय परीक्षा बोर्ड, नेपालद्वारा २०८१ सालमा सञ्चालन गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत सफलता हासिल गरेबापत विद्यालयलाई यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो।
साउन २८ गते काठमाडौंमा आयोजित भव्य समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यतामा प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।
पुरस्कारमा विद्यालयको गुणस्तरीय शिक्षा, राष्ट्रप्रति निरन्तर योगदान र उत्कृष्ट शैक्षिक उपलब्धिको उच्च प्रशंसा गरिएको छ।
कार्यक्रममा प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्ट, वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, सचिव कृष्ण भण्डारीलगायत पदाधिकारीहरूले बालटारा प्रतिष्ठान (लिटिल स्टार्स एकेडेमी) लाई निरन्तर प्रगति र यस्तै सफलताका लागि शुभकामना व्यक्त गरेका थिए।








