
काठमाडौं । क्वाइस्ट नेपालको आयोजनामा ब्राइट फ्युचर मावि नैकापमा ‘हब कन्भेन्सन’ सम्पन्न भएकाे छ ।
कार्यक्रममा ‘अफिनिटि हब’ मा आबद्ध जेसिस स्कुल, क्रिएटिभ स्कुल, स्वस्ति श्री गुरूकुल र ब्राइट फ्युचर माविका १ सय २० विद्यार्थीले विभिन्न विधामा आफ्नो प्रस्तुती दिएका थिए ।
दुई भागमा विभाजित कार्यक्रमकाे पहिलो उद्घाटन सत्र क्वइस्ट तथा नेसनल काउन्सिलका वरिष्ठ सल्लाहकार निरजन अधिकारी प्रमुख अतिथ्यमा भएकाे थियाे । अधिकारीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा ब्राइट फ्युचर माविका फाउन्डर डाइरेक्टर मोहन कार्कीले सफलताकाे कामनासमेत गरेका थिए ।
यस्तै, समापन कार्यक्रममा हबका संयोजक लक्ष्मीराज दाहालकाे अध्यक्षता तथा क्वाइस्ट नेपालका अध्यक्ष ग्यालेक्सी पब्लिक स्कुलकी प्रिन्सिपल सुरिना सुनयनी गुरूङकाे प्रमुख आतिथ्यमा कार्यक्रममा सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा गुरूङले विभिन्न विधाका विजेता र सहभागी विद्यालय शिक्षक र विद्यार्थीलाई प्रमाण पत्र प्रदान गरेकी थिइन् । कार्यक्रममा विशिष्ठ अतिथि पूर्व जर्नेल शुरेस कार्कीले जन्मभूमिप्रति प्रेमभाव प्रकट गर्दै सबैलाई, विदेशी माेह त्यागेर राष्ट्रप्रति समर्पित हुन आग्रह गरेका थिए ।