ब्राइट फ्यूचर मा.बि +2 बाग्मती प्रदेशकै उत्कृष्ट शैक्षिक संस्था बन्न सफल

ब्राइट फ्यूचर मा वि+2 वाग्मती प्रदेशकै उत्कृष्ट शैक्षिक संस्था बन्न सफल भएको छ ।

चन्द्रलोक प्रतिष्ठानकोले ब्राइट फ्यूचर मा वि+2 लाइ उत्कृष्ट शैक्षिक संस्था सम्मान गरिएको हो।

काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका- १४ नैकाप अवस्थित शैक्षिक सस्था २०४४ सालमा स्थापना भएको हो ।

नेपालको गुणस्तरीय शिक्षामा बाग्मती प्रदेशको उत्कृष्ट शैक्षिक संस्था बन्न सफल ब्राइट फ्यूचर मा वि +2 प्रविधिमैत्री, प्रतिस्पर्धी र क्षमतावान शैक्षिक जनशक्ति उत्पादनमा अतुलनिय योगदान दिदै आईरहेको छ भने

भौतिक पूर्वाधार, प्राविधिक व्यवस्थापन तथा गुणात्मक शिक्षाको संयोजनबाट प्रदेश स्तरमा उत्कृष्ट शैक्षिक संस्थाको रूपमा आफूलाई स्थापित गर्न सफल भएको हो।