ब्राईट फ्यूचर माविले पायो ‘इन्टरनेशनल स्कुल अवार्ड

काठमाडौं : काठमाण्डौ को ब्राईट फ्युचर माध्यमिक विद्यालयले ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्राप्त गरेको छ ।जिल्लाको पश्चिम भेगमा शैक्षिक धरोहरका रुपमा परिचित ब्राईट फ्युचर माध्यमिक विद्यालयले ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिने ‘इन्टरनेशनल स्कुल अवार्ड २०२०-२०२३’ प्राप्त गरेको हो ।अन्तर्राष्ट्रिय रुपमा विद्यालयलाई उत्कृष्ट स्तरको मान्यता दिने इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गरेपछि विद्यालयमा खुसियाली छाएको संयोजक बुद्ध गौतमले बताउनु भयो।

सिकाइ र सिकाइलाई समृद्ध बनाउने याोजनाले व्रिटिस काउन्सिलले प्रदान गर्ने यो अवार्ड विद्यालयले पहिलोपटक पाएको हो ।विद्यालयले ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिने इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गर्न सफल भएको खुसीयालीमा उक्त अवार्ड प्राप्त गर्न खटिने संयाोजक, याेजनाका प्रमुख, सदस्यहरू र त्यसमा संलग्न सम्पूर्ण शिक्षक, विद्यार्थी तथा कर्मचारीहरु प्रति आभार प्रकट गरेको छ । विद्यालयका प्राद्यानाध्यापक दयाराम थापाले शिक्षा विकास तथा समन्वय इकाइ, चन्द्रागिरी नगरपालिका प्रमुख तथा प्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समिति, सल्लाहकार समितिका पदाधिकारीहरु, स्थानीय साझेदार विद्यालय मंगल माध्यामिक विद्यालय का प्रधानाध्यापक तथा विद्यार्थीहरु, परियोजना कार्यसंग सम्बन्धित कार्यालय तथा संघ संस्थाहरू, अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिदै सबै प्रति आभार प्रकट गर्नु भएको छ।

आजको युग भूमण्डलीकरणको युग हो ,देशमा मात्र सिमित ज्ञान कलाले प्रतिस्पर्धी समाजमा बाँच्न कठिन हुनसक्छ ।देशको राष्ट्रिय विकासमा अन्तर्राष्ट्रिय अवस्थिति, प्रगति र समस्या तथा चुनौती आदिको पनि प्रभाव पर्ने हुन्छ। त्यसैले शिक्षाले व्यक्तिको समाज, राष्ट्र भन्दा पनि अगाडि बढेर अन्तराष्ट्रिय कार्य समेत गर्न सक्नुपर्छ भन्ने कुरा विद्यालयका अध्यक्ष मोहनकुमार कार्कीले बताउनुभयो।