
चन्द्रागिरि नगरपालिका वडा नं. १४ नैकापको ब्राइट किन्डर वर्ल्डका प्रिन्सीपल हिरा थापा प्रथम ‘सार्क एजुकेसन अवार्ड २०२३’ बाट सम्मानित भएका छन् ।
शैक्षिक गतिविधिमा महत्वपूर्ण भूमिका निवार्ह गरेको भन्दै उनलाइ ‘सार्क एजुकेसन अवार्ड २०२३’ प्रदान गरिएको हो ।
‘सार्क जर्नालिष्ट फोरम’ र ‘रोटरी क्लब अफ दार्जिलिङ’को सहकार्यमा शनिबार भारतको पश्चिम बङ्गाल स्थित सेन्ट जोसेफ स्कुल नर्थ प्वाइन्टमा आयोजित ‘सार्क एजुकेसन अवार्ड २०२३’ बाट नेपाल, भारत र भुटानका शिक्षासेवी र २० वटा प्रतिष्ठित शैक्षिक संस्थाहरु सम्मानित भएका हुन ।
दक्षिण एसियाली राष्ट्रमा सामुदायिक र संस्थागत विद्यालयहरुमा रहि शैक्षिक क्षेत्रमा खेलेको महत्वपूर्ण भूमिकाको कदर गर्दै योगदान, नवप्रवर्तन, उत्कृष्टता, समर्पण र सृजनात्मकता विधामा अवार्ड वितरण गरिएको हो ।