
नैकापस्थित ब्राइट किण्डर वर्ल्डका विद्यार्थीद्वारा चन्द्रागिरि नगरपालिकामा रहेको कपडा बैंकलाइ कपडा सहयोग गरीएको छ। ब्राइट किण्डर वर्ल्डका कक्षा १ देखि ५ सम्मका विद्यार्थीद्वारा कपडा बैंकलाइ कपडा सहयोग गरीएको हो। कपडा बैंकले विपन्न तथा गरिबलाई वर्गलाई कपडा सहयोग गर्दै आएको छन्।
गरिब दीनदुखीलाई सहयोग पुर्याउने उद्देश्यले सञ्चालन रहेको कपडा बैंकलाइ कपडा सहयोग गर्न पाउँदा विद्यार्थीहरु निकै हर्सित भएका छन।
यसै विद्यार्थीहरुले आफुलाई प्रयोग नभएका लत्ताकपडा कपडा बैंकलाइ सहयोगका रुपमा प्रदान गर्दा विद्यार्थीहरुमाझ सानै उमेर देखि मानिसहरु बीच सदभाब भाइचारो र सहयोगको भावना अभिबृद्धि गर्ने उद्देश्यका साथ सहयोग गरीएको ब्राइट किण्डर वर्ल्डका मेनेजिंग डाइरेक्टर हिरा थापाले बताउनुभयो।