चन्द्रागिरि एजुकेशन हबले ल्यायो एस.इ.इ.का विद्यार्थीलाई सहुलियत दरमा कम्प्युटर तालिम प्याकेज

चन्द्रागिरि।

एस इ इ दिएर बसेका विद्यार्थीहरुले अब सुलभ दरमा कम्प्युटर तालिम लिन पाउने भएका छन् । सतुंगल स्थित चन्द्रागिरि एजुकेशन हबले विद्यार्थीहरुको लागि सहुलियत दरमा बेसिक र अफिस प्याकेज तालिम संचालनमा ल्याएको हो । प्राविधिक विकासंगै कम्प्यूटरको बढ्दो प्रयोगमा आधुनिक सुधार सहित तालिम संचालन गर्न लागिएको हबका प्रवन्ध निर्देक कृष्ण पराजुलीले बताए ।

माध्यमिक शिक्षा सके लगत्तै यतिबेला विद्यार्थीहरु फूर्सदमा छन्। आफ्नो समयको सदुपयोग र आगामी दिनमा शैक्षिक तथा रोजगारीको क्षेत्रमा समेत कम्प्युटरको ज्ञान आवश्यक पर्दछ । यसैलाई मध्यनजर गर्दै हबले कम्प्युटर तालिम सहित विभिन्न अतिरिक्त कृयाकलाप संचालनमा ल्याई विद्यार्थीलाई सिर्जनशिल बनाउने प्रतिवद्धता व्यक्त गरेको छ । तालिम पश्चात अध्ययन गर्दै रोजगार गर्न चाहने विद्यार्थीलाई समेत विशेष सहयोग गर्ने हबले जनाएको छ ।

कम्प्युटर तालिमसंगै कोरियन, जापानिज, अंग्रेजी तथा अन्य विविध भाषाका कक्षाहरु संचालन गर्दै आएको हबले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई परिस्थिति हेरी केहीलाई निःशुल्क तथा छुटको व्यवस्था गरी तालिम गराउने घोषणा गरेको छ ।