
नेपाल शिक्षक सङ्घ , स्थानीय कार्य समिति चन्द्रागिरि नगरपालिकाको चौथो स्थानीय प्रतिनिधि सभा नेपाल शिक्षक सङ्घ चन्द्रागिरिका अध्यक्ष श्री नन्दलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।
नेपाल शिक्षक सङ्घ, सङ्घीय कार्य समितिका सल्लाहकार तथा पूर्व महिला उपाध्यक्ष श्री नर्वदा पोख्रेल ज्यूको प्रमुख आतिथ्यमामा सञ्चालित उक्त सभामा विशिष्ट अथिति नेपाल शिक्षक सङ्घ, काठमाण्डु जिल्ला कार्य समितिका अध्यक्ष श्री मञ्जु श्रेष्ठ लगायत स्थानीय कार्य समितिका अध्यक्षहरूका , प्र.अ. र शिक्षकहरूको सहभागिता रहेको थियो ।
सो सभामा अध्यक्षको वार्षिक प्रगति प्रतिवेदन र सचिव अर्थको आर्थिक प्रतिवेदनको प्रस्तुती पछि वक्ताहरूले शिक्षकहरूको हकहित , सेवा सुविधा र पेसागत मर्यादाको सुनिश्चिततालाई प्राथमिकता दिदैँ आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।
यसै क्रममा वक्ताहरूले नेपाल शिक्षक सङ्घ सदैव शैक्षिक सुशासन कायम गर्दै सबैको लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा प्रयत्नशील रहेको मन्तव्य दिएको थियो । यस कार्यक्रममा चन्द्रागिरि नगरपालिकामा अनिवार्य अवकाश प्राप्त शिक्षकहरू र नेपाल शिक्षक सङ्घमा महत्वपूर्ण योगदान पुर्याउने शिक्षकहरूलाई सम्मान गरिएको थियो ।