कक्षा १२ को परिक्षा साउन ३१ गतेदेखि (परीक्षा तालिका सहित)

काठमाडौंँ, साउन ६ गते । कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट सुरु गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिएका छन।

परीक्षाको केन्द्र सम्बन्धित विद्यालयलाई नै तोकेपछि यसपटक विद्यार्थीले आफूले अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाउने पौडेलले जानकारी दिएका छन।

गत जेठ २६ गतेका लागि तय भएको परीक्षा कोरोनाको दोस्रो लहका कारण स्थगित भएको थियो । यसपाली ३ लाख ८६ हजार विद्यार्थीले परीक्षा फारम भरेका छन् । परीक्षा भदौ ९ गतेसम्म चल्ने छ ।

परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने बोर्डले जनाएको छ ।

परीक्षा तालिका:-