जेसिस इन्टरनेसनल बोर्डिंग स्कुलका विद्यार्थीहरू तथा शिक्षकद्वारा वृद्धाश्रममा खाद्यान्न र कपडा वितरण

जेसिस इन्टरनेसनल बोर्डिंग स्कुलको कक्षा १० र ११ विद्यार्थीहरूले चन्द्रागिरि नगरपालिका ,मातातीर्थ स्थित वृद्धाश्रमको भ्रमण अध्ययन सम्पन्न गरेको छ।

कार्यक्रम संयोजक शिक्षक मिन्जु शोभा चित्रकार, प्रशासक उपेन्द्र राज श्रेष्ठ, तथा शिक्षक  गीता खडका, शंकराचार्य पन्त र दिवाकर श्रेष्ठको टोली संग गएका ७० जना  विद्यार्थीहरूको अध्ययन भ्रमण समुहले वृद्धहरूको सम्मान होओस्  र सहयोग पनि पुगोस् भनेर शिक्षक कर्मचारी, अभिभावक र विद्यार्थीहरूको संयुक्त सहयोगमा उठेको रकमबाट त्यहाँका २५ जना वृद्धा आमाहरुलाई पछेउरा वितरण गरिएको छ ।

यस मध्ये कक्षा १० की  छात्रा ज्योति श्रेष्ठले मात्र एक्लै २५ जना  आमाहरूको लागि एक/एक ओटा हाइनेक प्रदान गरेकी छन् भने अन्य विद्यार्थीहरूले पनि आफ्नो गच्छेअनुसार  कपडा र खाद्यवस्तुहरू दिएर सम्मान गरेका छन्।

यसबाट वृद्धहरूमा गौरव बढ्नुका साथै विद्यार्थीहरूमाझ  पनि सेवाभाव जाग्रत हुने कुरा छर्लङ्ग भएको देखिन्छ  ।

हरेक वर्ष आफ्ना विद्यार्थीहरूलाई यस प्रकारका सामाजिक सेवामूलक  क्रियाकलापहरूमा संलग्न गराएर  नैतिक, चारित्रिक र मैत्रीपूर्ण व्यवहारको विकास गराउने आफ्नो विद्यालयको नीति तथा कार्यक्रम रहेको कुरा विद्यालयका  प्रिन्सिपल सरोज महर्जनले  बताउनु भयो ।