
नेपाल इन्जिनियर्स एशोसिएसनको ३३ औं केन्द्रिय तथा दाेस्राे प्रदेश कार्यकारिणी समितिको निर्वाचनकाे सन्दर्भमा गण्डकी प्रदेश सदस्यमा ई. प्रकाश काफ्लेको उम्मेदवारी परेकाे छ । प्रगतिशिल समूहका तर्फबाट केन्द्रीय नेतृत्वमा ई. डा. सुरज लामिछाने र गण्डकि प्रदेश नेतृत्वमा ई. धुर्बराज भट्टराई तथा भुगाेलबाट केन्द्रीय सदस्य सिनियर डिभिजनल इन्जिनियर कुल प्रसाद पाैडेल रहेकाे प्रगतिशिल प्यानलका तर्फबाट काफ्लेको सदस्यमा उम्मेदवारी रहेको हो ।
यहि फाल्गुन २७ गते हुने निर्वाचनमा प्रगतिशिल इन्जिनियर समूहले विगतमा आफ्नो समूहका तर्फबाट नेतृत्वमा पुगेका अग्रजहरुकै कारण संस्थाको गरिमा बढेको र विभिन्न उपलब्धिहरु प्राप्त भएको स्मरण गर्दै, अागामि दिनहरूमा संस्थालाई अझ सशक्त र प्रभावकारी रुपमा अघि बढाउन आफ्नो समूहको जीत अपरिहार्य रहेको जनाएका छन् । युवाको आशा र अग्रजको भरोसा भन्ने मान्यतालाई स्थापित गर्दै काफ्लेले उम्मेदवारी दिएका हुन् ।
राष्ट्र निर्माणको धरातल नै इन्जिनियरहरु भएकाेले इन्जिनियरिङ्ग पेशालाई स्वतन्त्र, सम्मानित, मर्यादित एवम् जवाफदेहि बनाउन आवश्यक रहेकाले आफ्नो उम्मेदवारी रहेको काफ्लेको भनाई छ । गुणस्तरीय इन्जिनियरिङ शिक्षा, इन्जिनियरहरुको सेवा सुविधा तथा क्षमता अभिवृद्धि, सम्माजनक रोजगारी, इन्जिनियरिङ सम्बद्ध निजी क्षेत्रको विकास तथा हक हित संरक्षणलाई काफ्लेले प्राथमिकता दिने जनाएका छन् ।
उहाले त्रि.वि.वि., ई.अ.स. पश्चिमान्चल क्षेत्रीय क्याम्पस बाट Diploma in Electrical engineering गर्नुभएको हो भने पोखरा विश्बबिधालय बाट Electrical engineering मा स्नातक र स्नाकोत्तर गर्नुभएको छ ।
साथै अन्य बिषयमा पनि रुचि राख्ने उहाले पि.एन. क्याम्पस, पाेखराबाट एल. एल. बि. समेत गर्दै हुनुहुन्छ भने गित संगित, साहित्य देखि पत्रपत्रिकामा लेखहरू तथा पुस्तक लेखनकाे लामो अनुभव संगालेका काफ्लेकाे नेपाल विद्युत प्राधिकरणमा १० बर्ष भन्दा बढि पेशागत अनुभव रहेकाे छ ।
प्रगतिशिल इन्जिनियर समूहको तर्फबाट नयाँ नेतृत्वको दुई वर्षे कार्यकालमा विभिन्न कार्यक्रमहरू मार्फत इन्जिनियरिङ क्षेत्रलाई अझ सबल, सक्षम बनाउनुका साथै अधुरा कामहरूलाई समेत निर्णायक विन्दुमा पुर्याउने गरि प्रभावकारिताका साथ काम गर्ने योजना अघि सारिएको छ।