चन्द्रागिरिको जेसिस स्कुल पुरस्कृत

विश्व वातावरण दिवसका अवसरमा सोमबार राष्ट्रिय प्रकृति संरक्षण कोष– सदर चिडियाखानाद्वारा आयोजित ग्रिन वाक परेडमा सतुङ्गलमा अवस्थित जेसिस इन्टरनेसनल स्कुलका ५० भन्दा बढी विद्यार्थीहरुले सहभागिता जनाएका छन् ।

काठमाडौँका विभिन्न विद्यालयमा अध्ययनरत १२ सय भन्दा बढी फ्रेन्ड्स अफ जु विद्यार्थीहरुको सहभागिता रहेको सो कार्यक्रममा वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र प्रसाद महतोको प्रमुख आतिथ्य रहेको थियो । सो कार्यक्रममा ललितपुर महानगरपालिकाका उपमेयर सुश्री मञ्जली शाक्य बज्राचार्य, मन्त्रालयका सचिव डा रेवती रमण पौडेल, उच्च सरकारी अधिकारीहरु, संरक्षण संस्थाका प्रमुखहरु, सामुदायिक अगुवाहरुको सहभागिता रहेको थियो ।

वातावरण दिवसकै अवसरमा आयोजित सो कार्यक्रममा विश्व सिमसार दिवसका अवसरमा आयोजित “सिमसार” मुख्य सार भएको अभिनयात्मक कथावाचन प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल जेसिसकी छात्रा जिजसिका रोकालाई पुरस्कारसहित सम्मान समेत गरियो ।