जेसिस स्कुललाई भारतको प्रथम प्रधानमन्त्री कप तेक्वान्दो च्याम्पियनसिपको उपाधि!

भारतको ग्रेटर नोयडाको सुरजपुरमा गत आइतबारदेखि तीन दिनसम्म सञ्चालन भएको प्रथम प्रधानमन्त्री कप तेक्वान्दो च्याम्पियनसिप दुई अन्तर्राष्ट्रिय नोर्बु लामा र कुमार लामा घिसिङले रेफ्रीसँगै गएका नेपालका २० जना खेलाडीहरूले प्रतिस्पर्धा गरि ११ स्वर्ण र नौ रजत पदक सहित च्याम्पियन भई टिम प्रथमको शिल्ड सहित नेपाल टोली शुक्रबार नेपाल फर्केको छ।

जेसिस स्कुलका कार्यकारी अध्यक्ष रमेश चन्द्र श्रेष्ठ तथा प्रिन्सिपल सरोज महर्जनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विजयी नेपाल टोलीलाई स्वागत गर्नुभएको हो । सो क्रममा नेपाल टोलीले खुसीका साथ हासिल गरेको प्रथम ट्रफी अध्यक्ष  रमेश चन्द्र श्रेष्ठलाई हस्तान्तरण गरेको थियो ।

आज शनिबार विद्यालयको कक्षा ११ र १२ को स्पोर्ट मितको पुरस्कार वितरण कार्यक्रममा सो तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा सहभागी जेसिस स्कुलका सबै खेलाडीहरू तथा दुई अन्तर्राष्ट्रिय निर्णायक तथा खेलाडीका अभिभावकहरूलाई चन्द्रागिरी नगरपालिकाको नाम अन्तराष्ट्रिय खेल जगतमा राख्न सफल भएकोमा सामाजिक विकास समितिका संयोजक तथा वडा न. १५ अध्यक्ष घन श्याम लुइँटेलले धन्यबाद व्यक्त गर्दे बधाई तथा सम्मान गर्नु भयो ।