स्युचाटारका हरिबहादुर पन्तद्वारा विद्यालयमा २ लाख २२ हजार २२२ रुपैयाँको अक्षयकोष स्थापना

काठमाडौं, २०८२ साउन १४ गते (बुधबार): नागार्जुन-१०, स्युचाटार निवासी ९२ वर्षीय श्री हरिबहादुर पन्त ले एक पुण्य कार्य गर्दै एक विद्यालयमा रु. २ लाख २२ हजार २२२ रुपैयाँ (दुई लाख बाईस हजार दुई सय बाइस मात्र) को अक्षयकोष स्थापना गर्नुभएको छ। स्वर्गीय भीमबहादुर पन्तका नाति तथा पहलमान पन्तका छोरा हरिबहादुरले यस विद्यालयमा अध्ययनरत दुई जना छात्र/छात्रालाई छात्रवृत्ति प्रदान गर्ने निस्वार्थ उद्देश्यका साथ यो अक्षयकोष स्थापना गर्नुभएको हो।

अक्षयकोष स्थापनाको यस समारोहमा चन्द्रागिरि नगरपालिका वडा न.-१३ का वडा अध्यक्ष श्रीकृष्ण खत्री र विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) का अध्यक्ष श्री गुणराज भट्ट को उपस्थिति रहेको थियो। विद्यालय परिवारले हरिबहादुर पन्तको सुस्वास्थ्य, दीर्घायु तथा समृद्धिको कामना गरेको छ।

सोही समारोहमा विद्यालयका प्रधानाध्यापक श्री बिष्णु प्रसाद पनेरु ले ३२ जना अति गरिब तथा जेहेन्दार छात्र/छात्राहरूलाई टिसर्टसहित ट्रयाकसुट समेत वितरण गर्नुभएको थियो। यस महान कार्यमा संलग्न सबै आदरणीय व्यक्तित्वहरूप्रति विद्यालयले हार्दिक कृतज्ञता तथा नमन प्रकट गरेको छ।