नेपाल शिक्षक संघ चन्द्रागिरिको अध्यक्षमा नन्दलाल श्रेष्ठ

291

चन्द्रागिरि ।

नेपाल शिक्षक संघ चन्द्रागिरिको अध्यक्षमा नन्दलाल श्रेष्ठ सर्वसम्मत चुनिएका छन् ।

संघको शनिबार सम्पन्न दोश्रो अधिवेशनबाट विष्णुदेवी शिक्षा सदन माविका शिक्षक श्रेष्ठ सर्वसम्मत अध्यक्ष पदमा चुनिएको बताइएको छ। यसअघि विकास महर्जन संघको नगर अध्यक्ष थिए ।

संघको महिला उपाध्यक्षमा उपेन्द्र घिमिरे, महिला उपाध्यक्षमा तारादेवी ढुङ्गाना, सचिवमा रामेश्वर देवकोटा, अर्थ सचिवमा सृजना दाहाल, सहसचिव खुल्लामा भिम सापकोटा, सहसचिव महिलामा कोमल मल्ल निर्विरोध चयन भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

सहसचिव समावेशीमा सिताराम राउत तथा अञ्जना सुवेदी निर्विरोध चुनिँदा अर्थ सहसचिवमा राजकुमार अधिकारी चयन भएक छन् । चार वर्षे कार्यकाल रहने संघको सदस्यमा विना भट्ट, कल्पना ज्ञवाली, नानीमैयाँ तामा, जमुनादेवी पराजुली, रमेश श्रेष्ठ, दिनेश सिग्देल तथा गिता पन्थी चयन भएका छन् ।