
चन्द्रागिरि नगरपालिकाले संस्थागत विद्यालय छात्रवृत्तिका लागि निवेदन आह्वान गरिएको सूचना ( दोस्रो पटक ) सार्वजनिक सुचना जारि गरेक छ।
च.न.पा शिक्षा शाखाका प्रमुख कर्ण बहादुर भुवाजी द्वारा जारि गरिएको उक्त सुचनामा चन्द्रागिरि नगरपालिका नगरस्तरीय छात्रवृत्ति व्यवस्थापन समितिको मिति २०७९-१२-२० गतेको निर्णयानुसार यस नगरपालिका अन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरुमा शैक्षिक सत्र २०८० मा अध्ययन गर्ने विद्यार्थीहरुका लागि चन्द्रागिरि नगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०७९ को परिच्छेद ४ दफा ७ को उपदफा (३) को ३४ प्रतिशत नगरपालिकाको छात्रवृत्ति बैंकका लागि यसै सूचनासाथ संलग्न फाराम भरी चन्द्रागिरि नगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०७९ को दफा ८ को उपदफा (६) बमोजिमका आवश्यक कागजातसाथ सम्बन्धित विद्यालयमा मिति २०५०।०१।१८ गते कार्यालय समयभित्र निवेदन पेश गर्नु हुन भनी सूचना प्रकाशन गरिएकोमा समयावधी थप गर्नुपर्ने सुझाव प्राप्त भएकोले मिति २०८०।०१।२५ गते दिवा ४:०० बजेसम्म सम्बन्धित विद्यालयमा निवेदन दिन सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना पुनः दोस्रो पटक प्रकाशन गरिएको छ । छात्रवृत्ति आवेदन फाराम सम्बन्धित विद्यालय, वडा कार्यालय र नगरपालिका शिक्षा शाखाबाट निःशुल्क उपलब्ध हुनेछ । बोधार्थ : श्री सबै संस्थागत विद्यालयहरु चन्द्रागिरि नगरपालिका: समयावधी थप गरिएको जानकारी सम्बन्धमा सुचना जारि गरिएको छ ।