
चन्द्रागिरि।
चन्द्रागिरि प्याब्सन द्वारा आयोजित कविता लेखन तथा वाचन प्रतियोगिता २०८० प्याब्सन काठमाडौँका अध्यक्ष प्रेम कुमार राईको प्रमख आतिथ्यमा सम्पन्न भएको छ।
प्रतियोगितामा प्रथम स्थान जेसिस इन्टरनेसनल स्कुल, सतुङ्गल, द्वितीय स्थान ए. आई स्कुल, सतुङ्गल, तृतीय स्थान प्राईम इंग्लिस स्कुल, तीनथाना तथा सान्त्वना ज्ञान सुधा एकेडेमी तीनथाना र माउन्ट चन्द्रागिरि सेकेण्डरी स्कुल, थानकोटले हासिल गर्न सफल भएका छन।
जेसिस स्कुलमा सम्पन्न भएको सो कार्यक्रममा चन्द्रागिरि नगरपालिका शिक्षा शाखाका बरिष्ठ शिक्षा अधिकृत श्री बुद्धि प्रसाद भट्ट, राष्ट्रिय परिक्षा बोर्डका सदस्य एवम् ब्राईट फ्युचर मा. वि. का प्रिन्सिपल श्री दया राम थापा लगायत चन्द्रागिरि नगरपालिकाका विभिन्न विद्यालयका प्रिन्सिपलहरूको उपस्थिति रहेको थियो।